+
+

शिवम् सिमेन्टद्वारा बीमा बापतको रकम हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १६:२५

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसारको मृत्यु बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम विमा बापतको रकम हस्तान्तरण गरेको हो ।

यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्र सञ्चालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन् । कम्पनीले उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरु को लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरुका निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?