+
+

‘दोख’लाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने, ‘डिस्क्लेमर’ थप्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:०७

काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने भएका छन् । चलचित्र जाँच समितिले यो फिल्मलाई वयस्क श्रेणीको प्रमाणपत्र दिएको छ ।

फिल्ममा प्रयुक्त अश्लील र केही राजनीतिक शब्दावलीमा कैंची चलाउँदै समितिले एडल्ट प्रमाणपत्र दिएको हो । ‘बाल दर्शकलाई असर पर्ने खालका संवादको कारण फिल्मलाई एडल्ट सर्टिफिकेट दिएका छौं,’ सेन्सर स्रोतले अनलाइनखबरसँग भन्यो ।

साथै, राजनीतिक दृश्य र संवादका कारण फिल्ममा डिस्क्लेमर पनि थपिएको छ । विवादित हुने जोखिमका फिल्ममा मात्र सेन्सर बोर्डले डिस्क्लेमर थप्ने निर्णय गर्छ । धेरैपछि दोखमा यस्तो निर्णय भएको जनाइएको छ ।

दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको किचलोलाई लिएर फिल्म बनेको हो । यसमा सामुदायिक वनको विषयलाई राजनीतिक विम्बको रुपमा प्रस्तुत गरिएको छ । राजन कठेतले लेखेको फिल्मको पटकथाले न्यु नेपाली सिनेमाको प्रतिस्पर्धामा जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?