+
+

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:४५

२१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् ।

एसियाली खेलकुदको तयारी स्वरुप एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणका क्रममा फाउल भइ लड्दा उनको घाँटीमुनिको बाया क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएको हो । घाइते भएपश्चात टिमसँगै रहेकी फिजियो आभासना राजभण्डारीले उनको अवस्थाको निरीक्षण गरेकी थिइन् ।

उनलाई चोट लागेलगत्तै सोमबार ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो । बिहान साढे १० बजे मैदानमा घाइते भएकी उनको बेलुकी साढे ५ बजे शल्यक्रिया गरिएको हो ।

‘उनको ब्युटी बोन टुक्रा टुक्रा भएको थियो । त्यसलाई प्लेटले जोडिएको छ । केही समस्या नआएको खण्डमा १० देखि १२ हप्तामा निको हुने छ’, उपचारमा संलग्न डा.अमित जोशीले भने । डाक्टरका अनुसार घाउमा केही इन्फेक्सन नदेखिएको खण्डमा मात्र सामान्य अवस्थामा आउन १२ हप्ता लाग्ने छ ।

उनलाई बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने चिकित्सक जोशीले बताए ।

चिकित्सकका अनुसार उनको शरिरले कति छिटो रिकोभरी गर्न सक्छ भन्ने कुराले उनी मैदानमा फर्किने समयको निर्धारण गर्नेछ । भदौ १३ देखि २५ सम्म नेपालमा सम्पन्न हुने छैटौं संस्करणको साफ उनले गुमाउने छिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?