+
+

झापामा ५ दिनमा २ हात्ती मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ८:५७

२२ असार, विराटनगर । झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् ।

असार १७ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो ।बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।

दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?