+
+

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानले भने : देशलाई हानी नहोस् भनेर चुप बसें

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १२:२३

२२ असार, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले देशलाई नोक्सान हुन्छ भनेर सत्ता परिवर्तनका लागि भएको षडयन्त्रबारे आफू चुप बसेको बताएका छन् ।

उनले सत्ता परिवर्तनको षडयन्त्र कसले र किन गरेको भनेर आफूलाई थाहा भएको तर देशको भलाइका लागि आफू चुप बसेको बताए ।

अविश्वास प्रस्ताव पारित भएपछि उनले सत्ता छाड्न परेको थियो । इमरानले त्यतिबेला अमेरिकाले षडयन्त्र गरेर सत्ताबाट हट्नु परेको बताएका थिए । तर सत्ताबाट हटेपछि उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।

नागरिकलाई सत्यतथ्य थाहा दिनका लागि भिडियो बनाएर सुरक्षित रुपमा राखेको भन्दै उनले आफूलाई केही भइहाले पनि नागरिकले एक दिन सत्य थाहा पाउने बताए ।

‘म चुप छु किनकी देशको हानी चाहन्न, मलाई सबै थाहा छ, कसले के ग¥यो भनेर, मैले एउटा भिडियो बनाएर सुरक्षित स्थानमा राखेको छु, मलाई केही भइहालेमा पनि नागरिकलाई थाहा हुनेछ,’ इमरानले भने, ‘षडयन्त्रमा को को संलग्न थिए ? कसले केके गरे ? यो देशमा कसले ठूलो गद्दारी गरे, सबै थाहा हुनेछ, अहिले म बाध्यतामा छु र केही बोलेको छैन, तर बोल्नेछु ।’

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?