+
+

उतार चढावका बीच नेप्सेमा दोहोरो अंकको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १५:१८

२२ असार, काठमाडौं । तीब्र उतार चढावका बीच बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार बजार परिसूचक १३.३३ अबंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।

बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।

बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।

एनसीसी डिबेन्चर, सिटिजन्स म्युचल फन्ड, स्वभिमान लघुवित्त लगायतको सेयर मूल्य सबै भन्दा धेरै घट्यो । धेरै कारोबार हुने कम्पनीमा गोर्खा फाइन्यन्स, लाइफ इन्स्योरेनस कर्पोरेसन र सिभिल बैंक लगायत रहे । म्युचल फण्ड, ननलाइफ र बैंकिङबाहेकका सबै उपसमूहमा हरियाली छायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?