+
+
Shares

काठमाडौं महानगरले घटायो अपार्टमेन्टको सम्पत्ति कर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २०:०१
फाइल तस्वीर

२३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले अपार्टमेन्टहरुले तिर्नुपर्ने एकीकृत सम्पत्ति करको दर घटाएको छ । महानगर राजस्व ऐन २०७५ ले गरेको व्यवस्थाका कारण अपार्टमेन्ट खरिद गरेर बस्नेहरुले बढी कर तिर्नुपर्ने अवस्था आएपछि महानगरपालिकाले ऐन संशोधन गरेको हो ।

सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरपालिकाले अब अपार्टमेन्टले ओगटेको क्षेत्रफल बराबरकै अनुपातमा कर तिर्दा हुने बताए ।

‘यसअघि अपार्टमेन्टले ओगटेको क्षेत्रफलको दोब्बर मानेर कर निर्धारण हुन्थ्यो,’ उनले भने, ‘अब अपार्टमेन्टले ओगटे बराबरकै क्षेत्रफललाई आधार बनाएर कर तिर्दा हुन्छ । यसअघि १२ सय बर्गफुटको अपार्टमेन्टले करिब २४ सय बर्गफुटको कर तिर्थे, अब १२ सयकै हाराहारी तिर्दा हुने गरिएको हो ।’

उनका अनुसार महानगरपालिका, नेपाल सरकार, प्रदशे सरकार मातहतका सरकारी निकाय, समाजिक तथा धाार्मि संघ संस्थाले एकीकृत सम्पत्ति कर तिर्नुनपर्ने व्यवस्था पनि महानगरपालिकाले गरेको छ ।

‘तर, यस्ता संस्थाले आफ्ना सम्पत्ति आयआर्जनका लागि भाडामा लगाएको भए आम्दानीको अनुपातमा ती सम्पत्तिको कर तिर्नुपर्ने गरी व्यवस्था भएको छ’ उनले भने । त्यस्ता सार्वजनिक सम्पत्तिबारे महानगरको प्राविधिक टोलीले अध्ययन गरेर कर निर्क्योल गर्ने व्यवस्था गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?