+

टोटनह्यामबाट आयाक्स फर्किए स्टेभन वर्गविन

२०७९ असार  २४ गते १५:४३ २०७९ असार २४ गते १५:४३
टोटनह्यामबाट आयाक्स फर्किए स्टेभन वर्गविन

२४ असार, काठमाडौं । डच च्याम्पियन आयाक्सले स्टेभन बर्गविनलाई प्रिमियर लिट क्लब टोटनह्यामबाट २६.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

नेदरल्याण्ड्स राष्ट्रिय टोलीका २४ वर्षीय विंगर स्टेभनले यसअघि युवा स्तरमा आयाक्सका लागि खेलिसकेका छन् । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

सन् २०२० मा नेदरल्याण्ड्सकै पीएसभी इन्डहोभेनबाट इंग्ल्याण्ड पुगेका स्टेभनले टोटनह्यामका लागि ८१ खेलमा ८ गोल गरेका छन् ।

‘स्टेभनले आफ्नै रोजाईमा आयाक्स फर्किने निर्णय लिएका हुन्,’ मुख्य प्रशिक्षक अल्फ्रेट सेडरले भने, ‘उनी एक बहुप्रतिभाशाली खेलाडी हुन् ।’

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय