+
+

जब मेयरले गरे गोहीसँग बिहे !

हजारौँ पाहुना सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:४४

२४ असार, काठमाडौं । जो कोही पनि मानिसले आफ्नो बिहेलाई स्मरणीय तथा विशेष बनाउन चाहन्छ । यसका लागि मानिसहरुले महिनौँदेखि तयारी गर्दछन्। कतिपय विवाहहरु भव्यता तथा फरक शैलीका कारण चर्चामा छाउँछन् । कतै बेहुला बेहुलीको अनौठो शैलीको आगमनको चर्चा हुन्छ भने कतै विभिन्न खाले संस्कार र परम्पराको ।

हालै मेक्सिकोमा एकजना नेताको बिहे सर्वाधिक चर्चाको विषय बन्यो । ती नेताले मानिस होइन गोहीलाई आफ्नो जीवनसाथी बनाएका छन् ।

गोहीसँग बिहे गर्ने व्यक्ति मेक्सिकोको सान पेड्रो हुआमेलुला सहरका मेयर भिक्टर ह्युगो सोसा हुन् । उनले हालै एक गोहीसँग धुमधामपूवर्क बिहे गरेका छन् । मान्छे र गोहीको उक्त बिहेमा हजारौँ मानिसहरु सामेल भए ।

स्मरण रहोस् उक्त सहरमा गोहीसँग बिहे गर्ने परम्परा सन् १७८९ देखि चलिआएको छ । यो बिहे परम्पराका पछाडि एउटा विशेष कारण छ । स्थानीय मान्यता अनुसार यसरी गोहीसँग बिहे गर्नाले भगवानले मानिसको मनोकामना पूरा गर्दछन् ।

स्थानीय बासिन्दाहरुले वर्षात्का साथै धेरै माछा प्राप्त गर्न सकियोस् भन्नका लागि समेत गोहीसँग बिहे गर्दछन् । मेयरले पनि आफ्नो तथा सहरबासीको मनोकांक्षा पूरा गर्नका लागि भन्दै गोहीसँग बिहे गरेको बताइएको छ ।

परम्परा अनुसार बिहेको दिन गोहीलाई बिहेमा लगाउने सेतो पोशाकसँगै अन्य रंगीन कपडा पनि पहिराइन्छ । स्थानीय रुपमा ७ वर्षको गोहीलाई राजकुमारीको रुपमा मानिन्छ र मानिसहरु गोहीलाई पृथ्वीमाताको प्रतिनिधित्व गर्ने देवी पनि मान्दछन् । गोहीसँग बिहे गर्ने पुरुषले आफुलाई दिव्य पुरुष ठान्दछन् ।

बिहेको क्रममा बेहुली गोहीलाई बेहुलाले चुम्बन पनि गर्नुपर्दछ । गोहीलाई चुम्बन गर्नु निकै खतरनाक हुनसक्दछ । त्यसैले गोहीको मुख कपडाले बाँधिएको हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?