+
+

पाकिस्तानले पनि साफ महिला च्याम्पियनसिप खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १०:२२

२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ ।

पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।

साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ ।

फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन ।

तर केही दिनअघि फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि महिला टिमले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने बाटो खुलेको हो ।

पाकिस्तानको सहभागितासँगै साफ महिला च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता हुने भएको छ ।

पाकिस्तानको महिला टिमले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ ।

सन् २०१४ मा आफैंले आयोजना गरेको प्रतियोगिता खेलेयता पाकिस्तानले पछिल्लो दुई साफ महिला च्याम्पियनसिप खेलेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?