+
+

शान्ति कायम राख्न प्रदर्शनकारीलाई श्रीलंकन सेनाको अपील

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ११:५९
श्रीलंकामा चर्किएको आन्दोलन

२६ असार, काठमाडौं । श्रीलंकाको सेनाले शान्ति कायम राख्न र सुरक्षा बललाई सहयोग गर्न प्रदर्शनकारीलाई अपील गरेको छ ।

शनिबार मात्र प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निबास कब्जामा लिएका थिए भने प्रधानमन्त्रीको निजी निवासमा आगो लगाएका थिए ।

श्रीलंकाको चिफ अफ डिफेन्स स्टाफ जनरल सेभेन्द्र सिल्भाले राजनीतिक संकटको शान्तिपूर्ण समाधान खोज्ने एउटा अवसर आएको बताएको डेली मिररले जनाएको छ ।

श्रीलंकामा आर्थिक र राजनीतिक संकट चर्किएका बेला सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?