+
+

श्रीलंकाको राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ६:४६

२६ असार, काठमाडौं । श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् ।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।

चर्को आर्थिक संकटका कारण आन्दोल चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए । उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरिदिएका छन् ।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति गोटाबाया राजापाक्षले १३ जुलाईको दिन राजीनामा दिने बताएको जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिनका लागि तयार भएको बताएको सभामुखले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?