+
+

१४ लाख पारिश्रमिकमा नीति शाहले फिल्म साइन गरेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १७:०७

काठमाडौं । मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य चाहना पूरा होलान् नहोलान्, तर फिल्म खेल्ने धोको भने उनको पूरा हुने देखिएको छ ।

विश्वस्त स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार एक कर्पोरेट हाउसले निर्माण गर्ने फिल्मको मुख्य अभिनेत्रीमा नीति अनुबन्धित भएकी छन् ।

१४ लाख रुपैयाँ पारिश्रमिकमा नीतिले फिल्म साइन गरेकी छिन् भने १ लाख ४० हजार रुपैयाँ साइनिङ अमाउन्ट पनि लिएकी छन् । अहिले ब्यानर मात्र निश्चित भएको उक्त प्रोजेक्टबारे औपचारिक जानकारी आगामी साता दिने तयारी छ ।

नीतिले दुई सर्तमा उक्त फिल्म साइन गरेकी हुन् । पहिलो, अश्लील दृश्य हुन नहुने र दोस्रो, द्विअर्थी शब्दको प्रयोग हुन नहुने । सहमतिपत्रमा यी सर्त नीतिले आफ्नै हातले लेखेकी छन् ।

नीतिका व्यवस्थापक निराजन गिरीले चाहिं अहिलेसम्म कुनै फिल्म साइन नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?