+
+

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १०:४२

२७ असार, दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।

चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरेको बा०१-०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो । चालक र गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?