+
+

संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे विश्वप्रकाशले भने- प्रधानमन्त्रीको जवाफदेही जरुरी छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ११:४१

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको महामन्त्री शर्माको भनाइ छ ।

आज सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’ ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा गलत नै हुने कुरामा आफूहरु प्रष्ट रहेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।

नेपाली कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि आज ललितपुरमा आयोजित एक कार्यक्रममा सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकका कतिपय प्रावधान गलत भएकाले आज-भोलि नै फिर्ता हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?