+
+

उस्मान डेम्बेलेसँग सम्झौता नवीकरण गर्ने बार्सिलोनाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १८:०५

२७ असार, काठमाडौं । बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले बार्सिलोनासँगको सम्झौता नवीकरण गर्ने तयारी गरेका छन् । उनले २०१७ मा गरेको सम्झौता यो समरमा सकिएको थियो ।

सम्झौता सकिएपश्चात उनी चेल्सी तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने चर्चा चले पनि उनले पुरानै क्लबसँग सम्झौता नवीकरण गर्ने तयारी गरेका हुन् ।

२५ वर्षीय फ्रेन्च फुटबलर डेम्बेलेले पूरानै क्लबसँग पहिलेको भन्दा घटेको तलबमा सम्झौता गर्ने तयारी गरेका हुन् । उनले २०२४ सम्मको लागि बार्सिलोनासँग सम्झौता गर्ने छन् ।

उनले सन् २०१७ बाट बार्साबाट १०२ वटा खेल खेल्दै १९ गोल गरेका छन् । २०१६ बाट लगातार फ्रान्सको राष्ट्रिय टिमबाट खेल्न थालेका उनले बार्सामा रहँदा राम्रो चर्चा बटुलेका थिए ।

जसको फलस्वरुप उनी पुन बार्सामा नै आवद्ध हुने तयारी गरिरहेका छन् । बार्सिलोनामा आवद्ध हुने पक्कापक्की भइ सके पनि औपचारिक सम्झौता भने भएको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?