+
+

सर्लाहीमा लागूऔषधसिहत दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १९:२५

२७ असार, जनकपुरधाम । सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले लालबन्दी नगरपालिका १ नवलपुरबाट बीआर ३०एए३३६५ मोटरसाइकलमा सवार कोडैना गाउँपालिका २ बस्ने २८ वर्षीय रितेश कुमार यादवलाई सोमबार लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो ।

१५ सय थान नाइट्राभेट ट्याब्लेटसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा लालबन्दी नगरपालिका -२ बस्ने रोशन भनिने विजय कुमार घिमिरेले घरमै लागूऔषध राख्ने गरेको बताएका थिए । उनकै सूचनाको आधारमा  प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट १०० एमएलको डाइलेक्स-डीई नामक ९० बोतल लागूऔषध बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुबैको बिषयमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?