+
+

विमानस्थल पुगेका श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई विदेश जान रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १०:३४

२८ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश उड्न रोक लगाएका छन् ।

उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेका थिए । तर यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न पाएनन् ।

देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए ।

राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् ।

देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले पनि प्रदर्शनकारीकै नियन्त्रणमा छ । राष्ट्रपति गोटावायाले बुधबार राजीनामा दिने बताएका छन् ।

(- एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?