+
+

‘ए मेरो हजुर’ निर्माताको मुटुको शल्यक्रिया, छोरी सुहाना भन्छिन्- गेट वेल सुन, अँगाल्न अधैर्य छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १६:४३

काठमाडौं । फिल्म निर्माता सुनिलकुमार थापाको मुटुको ओपन हार्ट शल्यक्रिया सफल भएको छ । काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भगवान कोइराला नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो ।

अप्रेसन सफल भएपछि अभिनेत्री तथा थापा पुत्री सुहानाले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् । शल्यक्रिया गर्नुअघिका तस्वीर सेयर गर्दै सुहाना लेख्छिन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रुपमा आउँछ र अप्रत्यासित हुन्छ । त्यो अप्रत्यासित अवस्थामा कुञ्जी समात्ने प्रमुख व्यक्तिहरु हुन्छन् ।’

थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अँगाल्न आफू अधैर्य रहेको उल्लेख गरेकी छन् । भगवान कृष्णकी उपासक समेत रहेकी सुहानाले यसका लागि कृष्णलाई धन्यवाद समेत दिएकी छन् ।

सानैदेखि मुटुमा प्वाल परेको भए पनि अहिले आएर मात्र सुनिलले शल्यक्रिया गरेको जनाइएको छ । अहिले सुनिललाई सघन उपचार कक्षमा राखिएको र स्वास्थ्यलाभ भइरहेको जनाइएको छ ।

थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ यस वर्षको वैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?