+
+

महिला संगठनको बैठकमा झगडा छुट्याउन मात्र गएकी हुँ : राप्रपा महामन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:२६

२८ असार, काठमाडौं । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले आइतबार पार्टी कार्यालयमा भएको महिलाहरुको छलफलमा आफूले कसैलाई कुटपिट नगरेको बताएकी छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले झैझगडा भएपछि छुट्याउन मात्र पुगेको बताएकी छन् ।

आइतबार राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बैठकमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यस क्रममा अध्यक्ष अञ्जना रावल ‍पक्षले महामन्त्री शाही आफैं कुटपिटमा उत्रिएको आरोप लगाएको थियो ।

महामन्त्री शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही झैझगड़ाकै बीचमा म पार्टीको अन्य छलफलमा रहेको समयमा मलाई कर्मचारीबाट खबर आएपछि महिलाहरुको छलफल कक्षमा जाँदा एकआपसमा भिड़ेको स्थिति हेर्दा मैले छुट्याउनु मेरो पहिलो कर्तव्य भएकोले म त्यो कार्यमा लागेको हो ।’

उनले आफ्नो पदीय दायित्व अनुसार नै भूमिका निर्वाह गरेको दावी गरेकी छन् । ‘३२ बर्ष अविछिन्न पार्टीमा काम गर्दा कहिल्यै पदीय दायित्वबाट विमुख र पदीय गरिमा घटाउने काम गरेको छैन’ महामन्त्री शाहीले भनेकी छन् ।

आफ्नो राजनीतिक योगदानलाई सिध्याउने र चरित्र हत्या गर्ने गरी केही सीमित ब्यक्तिले आफ्नो विषयमा भ्रम छरेको पनि शाहीले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?