+
+

नेपाल टी-२० लिगलाई आईसीसीको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:३४

२८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालको आधिकारिक नेपाल टी-२० लिगलाई स्वीकृति दिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकालेर यो स्वीकृतिले विश्वको शीर्ष टी-२० लिगमा नेपालको लिग पनि पर्ने बाटो खुलेको जनाएको छ ।

क्यानको आयोजनामा हुने लिगको पहिलो सिजन असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने छ । क्यानले यो लिगलाई आफ्नो ड्रिम प्रोजेक्ट भनेको छ ।

क्यानले नेपाल टी-२० लिगको सबै अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । जसलाई लिएर क्यान आलोचित बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?