+
+

लिग टु क्रिकेट : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ८:५४

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दाेस्राे खेल खेल्न लागेकाे हाे ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

पहिलाे खेलमा नामिबियासँग पराजित भएकाे नेपाल स्कटल्याण्डकाे सामना गर्दा दबाबमा हुनेछ ।

स्कटल्याण्डले भने पहिलाे खेलमा नामिबियालाई हराएकाे थियाे ।

स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

ब्याटिङमा कमजाेर प्रदर्शन हुँदा नेपाल पहिलाे खेलमा नामिबियासँग ४० रनले पराजित भएकाे थियाे ।

दाेस्राे खेलमा ब्याटिङ अर्डरमा केही परिवर्तन हुने प्रशिक्षक पुबुदलु पहिले खेलपछि बताएका थिए ।

लिग टू मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?