+
+

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:०५

२९ असार, सुर्खेत । रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र १४ वर्षका भान्जा निमबहादुर खत्री छन् ।

मंगलबार बेलुका च्याउ खाएका उनीहरू बुधबार बिहान बिरामी भएपछि उनीहरूलाई जिल्ला अस्पताल सल्यमा ल्याइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

बिहान बेहोस अवस्थामा भेटिएका उनीहरु सबैको उपचारपछि होस खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?