+
+

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १४:०५
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् ।

जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गरेको थिए ।

राष्ट्र बैंक र अर्थमन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैंठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?