+
+

नेप्से २ हजार माथि, २ अर्ब ४१ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १५:२६

३० असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार लगानीकर्ताको आकर्षणमा सामूहिक लगानी कोषको इकाइ पर्दा धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनी मध्ये अपर तामाकोशीको सर्वाधिक ७.१४ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा रिभर्स फल्स पावर लिमिटेडको सेयरमूल्य ६.३९ प्रतिशतले बढेको छ । यता प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ५.०१ प्रतिशतले गिरावट हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ३.०१ प्रतिशतले गिरावट भएको छ ।

१८२ कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?