+
+

नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिउँ : प्रेम सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:५६

३० असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । २० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपलाी भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्ने उनको आग्रह छ ।

‘वैवाहिक अंगीकृत नागरिकता अधिकार होइन कृत्रिम सुविधा हो । सुविधा पाउन शर्त पुरा गर्नुपर्छ’ उनले थपे, ‘२० बर्षपछि कृत्रिम नागरिकताका लागि नेपाली भाषा जानेको हुनुपर्ने सहित परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?