+
+

कोइरालाले बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन सिटौलाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १८:१२

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन माग गरेका छन् ।

सिटौलाले जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सुराकी शब्द रेकर्डमा नराख्न आग्रह गरेका हुन् । सिटौलाले भने, ‘उहाँले बैठकमा उठाएका अन्य विषयहरू उपयुक्त भए पनि सुराकी शब्द उपयुक्त थिएन ।’

दुई दिन अघिको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा कोइरालाले महाधिवेशनको समयमा आफू बिरुद्द सुराकी परिचालन गरिएको आरोप लगाएका थिए । कोइरालाले भने अनुसार सुराकी भएको भए छानबिन गर्न सभापति शेरबहादुर देउवालाई सिटौलाले आग्रह गरे । बैठकमा उनले १२ बुँदे धारणा लिखित रूपमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?