+
+

उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ९:५६

३१ असार, सुर्खेत । उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा ९० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको अदालतले १७१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।

उच्च अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्यौटको लक्ष्य राखेकोमा ७६९ मुद्दा फर्छ्यौट गरेको तथ्याङक सार्वजनिक गरेको छ ।

लक्ष्यभन्दा २०८ थान बढी मुद्दा फर्छ्यौट गरिएको उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार उच्च अदालतमा हाल दुई वर्षभन्दा पुरानो मुद्दा एउटा पनि छैन । ‘गत वर्षभन्दा यो वर्ष १२ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएका छन् । अहिले दुई वर्ष पुरानो एउटा पनि मुद्दा उच्च अदालत सुर्खेतमा छैन,’ मुख्य न्यायधीश सिवाकोटीले भने ।

अघिल्ला वर्षहरूको तुलनामा पुनरावेदन दर्ताको संख्या बढे पनि मुद्दा फर्छ्यौट दरमा उल्लेखनीय प्रगति देखिएको बताइएको छ ।

मुख्य न्यायाधीश सिवाकोटीका अनुसार फर्छ्यौट हुन बाँकी रहेका २४२ थान मुद्दामध्ये अधिकांश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् ।

६ महिनाभित्रका मुद्दा १७० थान, ६ महिनादेखि १२ महिनाका मुद्दा ८२ थान, १२ महिनादेखि १८ महिनाभित्रका मुद्दा ८ थान र त्यहाँ भन्दा माथि नाघेका २५२ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् ।

उच्च अदालतमा आएका मुद्दाहरुमा जबरजस्ती करणीका मुद्दा सबैभन्दा बढी रहेको अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले बताए । जसमा १७२ थान मुद्दा परेका हुन् । त्यसपछि ज्यान मुद्दा र लागुऔषधसम्बन्धी मुद्दा बढी परेका छन् ।

ज्यान सम्बन्धी मुद्दा १०८ थान र लागूऔषधसम्बन्धी ९१ थान मुद्दा परेको अदालतले जनाएको छ । अंश मुद्दा १९ थान, सम्बन्ध विच्छेद १७ थान र लेनदेन मुद्दा १३ थान रहेका छन् ।

उच्च अदालत सुर्खेतले मातहतका अदालतहरूको मुद्दाको अवस्थाबारे पनि जानकारी गराएको छ । रूकुम जिल्ला अदालतबाहेक अन्यत्र दुई वर्ष नाघेका कुनै पनि मुद्दा फर्छ्यौट हुन बाँकी नरहेको मुख्यन्यायाधीश शिवाकोटीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा जाजरकोट जिल्ला अदालतले सबैभन्दा बढी ८०.३७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

सुर्खेत जिल्ला अदालतले ७१.६६, दैलेख जिल्ल अदालतले ६०.२९, सल्यान जिल्ला अदालतले ५८.९१ र रुकुम जिल्ला अदालतले ६५.२० प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?