+
+

प्रतिशोध साध्न मलाई बर्खास्त गरियो : रेणुका साह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १३:४३

३१ असार, काठमाडौं । उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेकी रेणुका साहले कानुनमन्त्री गोविन्द बन्दीमाथि प्रतिशोध साधेको आरोप लगाएकी छन् ।

२५ असारमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालत, तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यस आधारमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई बर्खास्त गरेका छन् ।

साहले भने आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग प्रतिशोध साध्न कानूनमन्त्रीले आफूलाई बर्खास्त गरेको बताइन् । साढे तीन वर्ष लामो अवधिमा एक पटक पनि कार्यक्षमतामाथि प्रश्न नउठेको भन्दै उनले बन्दी कानुनमन्त्री भएपछि प्रतिशोध साध्न नियुक्ति फिर्ता भएको उनको दाबी छ ।

साहले भनिन्, ‘मैले नियुक्ति लिएको बैला नै सबै डकुमेण्टहरु दिएको थिएँ । अपुग थियो भने त्यही बेला भन्नुपर्थ्यो । अहिले स्पष्टीकरण सोध्दा पनि मैले मेरा सबै डकुमेण्टहरु बुझाउन जरुरी नरहेको बेलामा पनि बुझाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?