+
+

हतियार खरिदबारे संसदलाई स्पष्ट पार्न सांसद खरेलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १३:४५

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद पवित्रा निरौंला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसदलाई प्रस्ष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको भन्‍दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गरेकी हुन् ।

उनले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाए पनि संसद भित्र जानकारी नगराएको भन्दै आक्रोश समेत व्यक्त गरे । सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जंगली हात्ति आतंकका कारण धानबाली समेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम छुट्टयाइएको कुरा उठिराखेको छ । र, सरकार चीन र भारतबाट तालमेल गरिरहेको कुराहरु बुझिएको छ । र, यस सम्बन्धमा संसदमा धेरै कुराहरु उठिराखेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा यस सम्बन्धमा हतियार ल्याईन्न भन्ने कुराहरु उठाउनु भएको कुरा सुन्नमा आएको छ । तर यो सम्मानित सदन भित्र सम्माननीय प्रधानमन्त्रीज्यू आएर किन यो कुराहरु भन्न सक्नुहुन्न । तत्काल सम्माननीय प्रधानमन्त्री संसद भित्र आएर यो कुरा प्रष्ट पार्नु पर्छ भन्ने कुरा म सभामुख मार्फत यो कुरा राख्न चाहन्छु ।।’

सांसद खरेलले धानबाली लगाउने बेलामा धानको विउको समेत किसानलाई सरकारले व्यवस्था गर्न नसकेको गुनासो पनि गरिन् । उनले भनिन्, ‘ गत असार १४ गतेबाट २५÷३० वटा जंगली हात्तिको बथानले झापा जिल्ला अर्जनधारा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ नम्बर वडाहरु र विर्तामोडको ६, ७ र ८ नम्बर वडाहरुमा हात्ति आतंक मच्चिएको छ । र, त्यस क्षेत्रका किसानहरु अत्यन्त प्रताडित छन । धानको विउको अभाव छ । त्यसको तत्काल व्यवस्था गर्नु पर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?