+
+

छोरालाई बचाउन गएकी आमाको कुटपिटबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:०६

३१ असार, जनकपुरधाम । साइकलले ठक्कर दिएको विषयमा भएको विवाद बढ्दै गएपछि भएको कुटपिटबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका ८ बस्ने ५५ वर्षीया जिरादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको काफ्लेले बताए ।

मृतक जिराका छोरा मनोज साइकलमा मल लिएर घरतर्फ आउँदै गर्दा एक जना बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि बालकका आफन्त राजेश शर्मा र गनेश शर्मासहितकाले मनोजलाई कुट्न थालेपछि जिरादेवी आफ्नो छोरालाई बचाउन गएकी थिइन् । त्यहिं क्रममा उनको कुटपिटबाट मृत्यु भएको हो ।

कुटपिटमा संलग्न भएकाहरु फरार भएको र उनीहरुको खोजीसहित घट्नाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?