+
+

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते ११:२१

३२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने,  विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।

यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न सरकारको ध्यानाकर्ण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?