+
+

आफ्नै घरमा जलेर वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १८:०७

३२ असार, भक्तपुर । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे । ‘हिँडडुल गर्न नसक्ने भएकाले वृद्ध भुइँतलामा नै बस्ने रहेछन्, छोराबुहारीले खाना तल नै ल्याइदिने रहेछन्’ उनले भने ।

वृद्धको मृत्युको कारण भने खुलेको छैन । ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?