+
+

देउवालाई २ सहमहामन्त्रीको प्रश्न : भ्रातृसंस्थामा मनोनित गर्दा शेखरसँग किन सोधिएन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १७:३२

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।

शनिबार बैठकमा बोलेका उनीहरुले देउवाले भ्रातृ संगठनहरु नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइरालासँग सामान्य छलफल समेत नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए । सहमहामन्त्री बद्री पाण्डेले  पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखरसँग छलफल नै नगरिएको बताए ।

अर्का सहमहामन्त्री परियारले भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै आलोचना गरे ।

गत आइतबार सुरु केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शनिबार मन्त्रीहरुले बोलेपछि पदाधिकारीहरुले बोल्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?