+
+

कञ्चनपुरमा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १८:००

३२ असार, धनगढी । कञ्चनपुरमा प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनीहरुमाथि गत २३ असारमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई  मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?