+

लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

२०७९ साउन  १ गते ६:३७ २०७९ साउन १ गते ६:३७
लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

१ साउन, काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे ।६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।

अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ तथा वसिर अहमदले १ विकेट लिए ।

शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

नामिबिया नेपाली क्रिकेट लिग टु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय