+
+

गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

अनिल खत्री अनिल खत्री
२०७९ साउन १ गते ८:४८

१ साउन, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा एक महिने मेला सुरु भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।

रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्यूठान, रुपन्देही, दाङलगायतका नेपालका बिभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

पोखरीमा नुहाउन तथा पूजा गर्नेहरुको साउनभर भिड लाग्ने गर्दछ । आज पहिलो दिन भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । साउन १ गते, औंसी र एकादशीका दिन यहाँ विशेष चहलपहल हुन्छ ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ छिमेकी देश भारतबाट पनि श्रद्धालुहरु साउने मेलामा सहभागी हुन रेसुङ्गा आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?