+
+

आलिया-रणवीर स्टारर ‘ब्रह्मास्त्र’को गीत ‘केशरियाँ’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:२५

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ ।

फिल्ममा आलियाले इशा र रणवीर कपुरले शिवको भूमिकामा अभिनय गरेका छन् । वाराणासीमा छायांकन गरिएको फिल्मको गीतमा रणवीर र आलिया रोमान्टिक देखिएका छन् ।

सोनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो । गीत रिलिजअघि इन्स्टाग्राम लाइभमार्फत निर्देशक आयन मुखर्जीले गीतलाई समयमै दर्शकसामु ल्याउन रातदिन काम गरेको अनुभव सुनाए ।

गीत रिलिज गर्दै आलियाले लेखेकी छन्, ‘हाम्रो मायाको सुस्केरा अब तपाईंको बनेको छ । केशरिया सार्वजनिक भयो ।’ प्रितमले संगीत गरेको गीतमा अमिताभ भट्टाचार्यका शब्द समेटिएका छन् । अरजित सिंहले गीत गाएका छन् ।

साइन्स फिक्सन जनरामा तीन सिक्वेल निर्माण हुन लागेको र यो पहिलो भाग रहेको जनाइएको छ । यो फिल्म नेपालमा पनि भदौ २४ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?