+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्कुटी दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १९:४६

१ साउन, जनकपुरधाम ।  सप्तरीमा स्कुटी दुर्घटना हुँदा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटस्थित स्वास्थ्य चौकीमा कार्यरत सप्तरीकै शम्भुनाथ नगरपालिका १० बस्ने अहेब राजकुमारी साहको स्कुटी दुर्घटनामा मृत्यु भएको हो ।

पत्थरगाडाबाट मधेश प्रदेश –०१–००४ प ३३४७ नं. को स्कुटी चलाएर राजरिवाजतर्फ आउँदै गरेकी ३० बर्षीया साह हुलाकी राजमार्ग अन्तर्गत राजगढ गाउँपालिका ५ मलेकपुरमा दुर्घटनामा परेकी थिइन् ।

तत्कालै उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याए लगत्तै उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?