+
+

चलचित्र विकास बोर्डका १० उम्मेदवारको सूची सार्वजनिक, भुवन पनि अटाए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १२:१४
अभिनेता भुवन केसी । फाइल तस्वीर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो ।

उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । तर मन्त्रालयको सूचीमा उनी पनि सामेल भएपछि भुवन पनि प्रतिस्पर्धामा सामेल भएका छन् ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिंदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?