+
+

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, सतर्क रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:१३

२ साउन, काठमाडौं। काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्‍मा आउन सक्‍ने भएकाले साँझ तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौंको विष्णुमती र धोबीखोलामा जलाधारमा भारी वर्षा भएको छ।आज साँझसम्‍म तटीय क्षेत्रमा उच्‍च सतर्कता अपनाऔं ।’

महाशाखाका अनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिलिमिटरले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?