+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
155/6 (18.5)
Shares

घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते ११:५७

२३ वैशाख, काठमाडौं । घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए ।

इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रवक्ता दाहालले बताए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणका गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?