+
+

इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १५:०२

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।

‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ’, प्रधानमन्त्री देउवाले भने, ‘इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?