+
+

अवकाशअघि पर्यटन बोर्डको खर्चमा किन कोरिया जाँदैछन् पर्यटन सचिव ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १८:१०
फाइल तस्वीर

३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने ११ साउनमा अनिवार्य अवकास लिंदैछन् । अवकासको ठ्याक्कै अगाडि बुधबार उनी कोरिया उड्ने तयारीमा छन् ।

मन्त्रालय स्रोतकाअनुसार उनको भ्रमणको चाँजोपाँजो नेपाल पर्यटन बोर्डले मिलाएको हो । यो भ्रमणमा बोर्डका सीईओ धनन्जय रेग्मीसहित केही कर्मचारी र केही सञ्चालक समिति सदस्यसमेत जाँदैछन् ।

स्रोतका अनुसार नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने कार्यक्रममा उनीहरु जान लागेका हुन् । यो कार्यक्रम पर्यटन प्रवर्द्धनसँग सम्बन्धित नभएको भन्दै बोर्ड र मन्त्रालयभित्रै आलोचना भइरहेको छ ।

‘पर्यटनमा सचिव र सीईओले भाग लिने कार्यक्रम भनेपछि हाइप्रोफाइल भिजिट मानिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘मुलुकको प्रतिनिधित्व गर्ने कार्यक्रमको आयोजकको भने अहिलेसम्म नाम नै सुनिएको छैन ।’

पर्यटन सचिव नेपाल पर्यटन बोर्डको सञ्चालक समिति अध्यक्ष रहने प्रावधान छ । वर्तमान सरकारले बोर्डका सीईओ रेग्मीमाथि छानविन गर्न समिति बनाएको थियो । समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाए पनि सचिव न्यौपानेको अध्यक्षतामा रहेको बोर्डले यो प्रतिवेदनलाई अगाडि बढाएको छैन । यस्तो अवस्थामा बोर्डकै खर्चमा रिटायर्ड हुने अन्तिम समयमा हुन लागेको भ्रमणले सचिव न्यौपानेमाथि प्रश्न उठेको छ ।

उता, सचिव न्यौपानेले भने बोर्डको कार्यक्रममा जाने गरी तयारी भएपनि उड्ने निश्चित नभएको प्रतिक्रिया दिए । ‘जाने भनेको हो, अस्ति उड्नु पर्ने, कतिपय हेल्थ प्रोटोकलका इस्यू पनि छन्,’ अनलाइनखबरसँग उनले भने।

सामान्यततया सचिवको भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत हुनुपर्छ । यसबारे जिज्ञासा राख्दा सचिव न्यौपानेले भने, ‘मूख्यसचिव कहाँ पठाएको छु, आउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?