+
+

एकतामा आउन माओवादी र समाजवादीलाई एमाले सचिवको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:०२

३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोड्नुपर्ने भन्दै उनले भने, ‘कसले के ग¥यो भनेर धेरै पछाडि नफर्कौं । कसले के ग¥यो भन्नेमा गयौं भने एक अर्कालाई चिर्थोछौं र घाइते बनाउँछौं । त्यसैले अगाडि कसरी जाने सोचौं । कांग्रेससँगको गठजोडको नर्ककुण्डबाट फर्किनुपर्छ ।’

उनले अघि भने, ‘स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । गोजीमा अर्को ठेगाना भयो भने अन्त गइन्छ । आजकाल जीपीएस किन लगाइन्छ भने यसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जीपीएस लगाउनुप¥यो । बाटो फर्किनुप¥यो, सँगसँगै हुँदै जाऔं ।’

देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको र, त्यो वामपन्थी आन्दोलन मात्र भएको उनले दाबी गरे । ‘त्यो सामथ्र्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो, अरुले सक्नेवाला छैनन्,’ एमाले सचिव भट्टराईले भने, ‘त्यो शक्तिले नै हाम्रा छिमेकी हुन् चाहे हाम्रा टाढाका मित्रहरु हुन् । तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमीसँग हामी यति सहयोग लिन्छौं, यति लिन्नौं । तिम्रो यो शर्त मान्छौं, यो शर्त मान्दैनौं भन्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?