+
+

विराटनगरबाट एक वर्षीया बालिका सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते २०:११

३ साउन, विराटनगर । विराटनगरबाट एक शिशु सम्पर्कविहीन भएकी छन् । सोमबार बिहान ८ बजेदेखि विराटनगर महानगरपालिका–१३ रोडशेष चोकबाट ममता यादवकी १ वर्षकी छोरी निकिसा सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीले बालिकाको खोजी भइरहेको बताए । ‘बालिकाको अपहरण भएको हुनसक्छ’, उनले भने, ‘लिएर जाने मान्छे चिनजानs} भएका कारण थप अनुसन्धान गरिरहेका छौं।’ उनले बुधबार विहानसम्म बालिकाको उद्दार गरिने बताए ।

बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसलमा ल्याएका थिए । सो पसलमा पुगेकी दीपेन्द्रको चिनजानकी महिलाले बच्चालाई लिएर गएको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?