+
+

कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते ११:१५

४ साउन, सुर्खेत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ ।

सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरेपछि विवाद समाधानका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैलीप्रति विरोध गर्दै माओवादीले मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेकाे थियाे । मुख्यमन्त्रीले गठबन्धनको भावना र मूल्य मान्यताविपरीत एकलौटी रुपमा अघि बढ्न खोजेको माओवादीकाे आरोप छ ।

अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको तथा सदन र सरकारमा पार्टीलाई बेवास्ता गरेको प्रदेश सभा सदस्य गाेपाल शर्माले बताए । संसदभित्र माओवादी प्रमुख सत्ता साझेदार दल हो भन्ने खालको अनुभूति नभएको उनको भनाइ छ ।

कर्णालीमा नेकपा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धनकाे सरकार छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीर नभएको खण्डमा विकल्प सोच्न सकिने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?