+
+

विराटनगरबाट अपहरित बालिकाको भारतबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १२:०६

४ साउन, विराटनगर । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्धार गरिएको बताउँदै विस्तृत विवरण सार्वजकि गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन राखिएको अनलाइनखबरलाई बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरीले नाबालिकालाई लिएर जाने अन्जली साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा उनले राजविराजको सीमा क्षेत्रमा लगेर बालिकालाई अर्का व्यक्तिको जिम्मा लगाएको खुलेको थियो ।

दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अञ्जलीले नाबालिकालाई लिएर हिँडेकी थिइन् । लगत्तै उनले प्रहरी कहाँ छोरी अपहरित भएको भन्दै उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको पाइएको थियो । बालिकालाई अपहरण गरेपनि उनीहरुले फिरौती माग्न पाएका थिएनन् ।

‘प्रहरीले तत्काल सूचना पाएर मुख्य व्यक्तिलाई समात्न सकेकाले फिरौती माग्न नपाउँदै बालिकाको उद्धार भयो’ एक अनुसन्धान अधिकृत भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?