+
+

मोडल वाच : फिल्मका ‘डार्लिङ एक्टर’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १२:१३

काठमाडौं । सात वर्षअघि रिलिज भएको फिल्म ‘इस्केप’बाट अभिनय करिअर थालेका प्रदीप खड्काको उद्देश्य मूलधारले परिभाषित गर्नेजस्तो ‘नायक’ बन्नु थिएन । तर दुब्लो शरीर र गोरो कायाका यी अभिनेतालाई ‘प्रेमगीत’ले त्यही मूलधारमा स्थापित गरिदियो ।

समयको गतिमा उनी अहिले ‘प्रकाश’जस्तो गम्भीर फिल्मका प्रोटागोनिस्ट (मुख्य पात्र) बनेका छन् । एक हिसाबले ‘प्रकाश’ उनका लागि एउटा परीक्षण पनि हो, जसमा उनलाई असफल हुने छुट छैन ।

‘प्रकाश’ प्रदर्शनको एक महिनामै उनलाई ब्रान्डेड बनाउने फिल्म ‘प्रेमगीत’को तेस्रो श्रृंखला प्रदर्शन हुँदैछ ।

‘प्रकाश’को ट्रेलर लन्च कार्यक्रममा प्रदीपले फिल्मलाई आफ्नो पुनर्जन्म भएको बताए । साथै, कन्ट्रोभर्सीले फिल्म नचल्ने भन्दै उनले समकालीन कलाकारलाई कटाक्ष पनि गरे । उनको यो अभिव्यक्तिको प्रहार हालैका दिनमा पब्लिसिटीमा विवाद सिर्जना गर्ने केही कलाकारप्रति लक्षित छ ।

यसैसाता अनलाइनखबरसँग गफिंदै प्रदीपले अब आफू नागरिक नजिकको स्टार हुने बताए । ‘मलाई रातमा चम्किने तारा बन्नुछैन जसको कुनै अर्थ हुँदैन, तर दिनमा चम्किने एउटा तारा अर्थात् सूर्यसँगै मान्छेको दिनचर्या चल्छ । म यस्तो तारा बन्न चाहन्छु,’ उनी भन्छन् ।

उनको यस्तो भनाइले उनको बदलिंदो रुचि र चाहनालाई संकेत गर्छ । कोरोना महामारीपछि अधिकांश समय बलिउड केन्द्र मुम्बईमा बिताउँदै आएका प्रदीप अहिले भने काठमाडौंमा छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?