+
+

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:३४

४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए ।

‘कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानको लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा छौं,’ उनले भने, ‘जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा उल्लेखिय भुमिका खेल्ने छ । यसलाई एउटा राष्ट्रिय अभियानको रुपमा नै पर्यटन पुनरुत्थापन कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई राखेको छु ।’

उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवद्र्धन हुने दाबी गरे । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए ।

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरेको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताए ।

कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु¥याएको मन्त्री श्रेष्ठले बताए ।

आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?